६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


सांसद आलमको बाँकी बयान बुधबार


0
Shares

रौतहट, कात्तिक १९ । सामूहिक हत्याकान्डको अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको मंगलबार रौतहट जिल्ला अदालतमा सामान्य सोधपुछ भएको छ ।

जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा एक घन्टाको बयानपछि आलमलाई बुधबार फेरि उपस्थित हुनेगरी अदालतले प्रहरीको जिम्मा लगाएको हो ।

इजलासमा लगेपछि प्रतिवादीका कानुन व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्रति आफूहरुले नपाएको भनेपछि सुरु हुन लागेको बयान केहीबेर रोकिएको थियो ।

उनलाई मंगलबार बिहान १० बजे अदालतमा पुर्‍याइएकामा दिउँसो ३ बजेपछिमात्रै बयान भएको थियो ।

जिल्ला अदालत रौतहटमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । आलमविरुद्ध कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोट गरी तीनओटा मुद्दा दायर गरिएको छ ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले तीन अभियोगमा जन्मकैदको सजाय माग–दाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा मोहम्मद अफताव आलम, मोहम्मद महताब आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराज, शेख जुमइन भनिने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साह, शेख फजलेह र सगिर आलम रहेका छन् । उनीहरुलाई मुख्य अभियुक्त कायम गरिएको छ ।

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरिएको थियो ।