६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


गोली लागेर युवकको मृत्यु


0
Shares

पूर्णप्रसाद न्यौपाने (इमेज)

ओखलढुंगा, कात्तिक १९ । ओखलढुंगामा गोली लागेर एकजना युवाको मृत्यु भएको छ ।

बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्किएर मोलुङ गाउँपालिका–३, थुम्कीका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको हो ।

आइतबार दिउँसो २ बजेतिर स्थानीय थुम्की जंगलमा बाँदर लखेट्नेक्रममा चित्रबहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कँदा तामाङ घाइते भएका थिए ।

उपचारका लागि काठमाडौं लैजानेक्रममा सिन्धुलीको खुर्कोटमा पुगेपछि उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

तामाङको मृत्यु भएपछि सोही ठाउँका २१ वर्षीय चित्रबहादुर सुनुवारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जनाए ।

अरु चारजना २२ वर्षीय सविन सुनुवार, १७ वर्षीय पदम सुनुवार, १६ वर्षीय सुन्दर तामाङ र २२ वर्षीय रुकमान तामाङ फरार छन् । उनीहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोलीले स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनास्थलबाट एकथान ‘लोड’ भएको अवस्थामा र एकथान पड्किएको अवस्थामा रहेको भरुवा बन्दुकसमेत बरामद गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।