
रौतहट । कर्तव्य ज्यान मुद्धाको अभियोगमा पक्राउ परेका काँग्रेस सांसद मोहम्मद अफताव आलमको बयान सुरु गरिएको छ ।
जिल्ला अदालत रौतहटले आलमसहित १० जना विरुद्ध दायर भएको मुद्धामा आजबाट बयान लिन थालेकोे हो । न्यायाधीश दीपक धितालको इजलासमा आलमको बयान भइरहेको छ ।
बयान सकिए लगत्तै थुनछेक बहस हुने बताइएको छ । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी तिन वटा मुद्दा दायर गरिएको थियो ।
हिजो जिल्ला सरकारी वकिल कार्यालयले तीन अभियोगमा जन्मकैदको सजाय माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो ।
मुद्धा दायर गरिएकाहरुमा मोहम्मद अफताव आलम, मोहम्मद महताब आलम, मोहम्मद मोविन आलम, शेख भदई, शेख सेराज, शेख जुमइन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी, मुक्ति साह, शेख फजलेह र सगिर आलम रहेका छन् । उनीहरुलाई मुख्य अभियुक्त कायम गरिएको छ ।
२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोक प्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इटाभट्टामा हालेर हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्