Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


सिक्किम सेमिफाइनलमा


0
Shares

झापा, कात्तिक १८ । भारतको सिक्किम एफसी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा बेलबारी एफसीलाई ३–२ ले पराजित गर्दै सिक्किम अन्तिम चारमा पुगेको हो ।

सिक्किमको जितमा रोहन राईले दुई र करण राईले एक गोल गरे । बेलबारीका तर्फबाट किरण लिम्बू र भूषण लिम्बूले एक/एक गोल गरेका थिए ।

खेलको ‘म्यान अफ दी म्याच’ सिक्किमका रोहन राई घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत् मंगलबार नेपाल पुलिस क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबको सामना गर्नेछ ।

नेपाल र भारतका गरी १० टिम सहभागी गोल्डकप जायोन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको हो ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिताकै उत्कृष्ट एक खेलाडीले एकथान मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुनेहरुले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।