Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


डा. केसी १७औं सत्याग्रहमा


0
Shares

डडेल्धुरा, कात्तिक १८ । चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले डडेल्धुरा आएर अनशन सुरु गरेका छन् ।

यसअघि पनि पटक–पटक अनशन बस्दै आएका डा. केसीको यो १७औं अनशन हो ।

डडेल्धुरा सदरमुकामस्थित जिल्ला अस्पताल परिसरबाहिर रहेको एक निजी घरमा उनी अनशनमा बसेका हुन् ।

नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरूलाई सरकारी खर्चमा उपचारका लागि विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारबाही हुनुपर्नेलगायतका सातओटा माग राख्दै डा. केसी अनशन बसेका हुन् ।

सोमबार १७औं अनशन सुरु गर्दै उनले माग पूरा नभएसम्म आफ्नो संघर्ष नरोकिने बताए ।

त्रिवि शिक्षण अस्पतालमा २६ वर्षसम्मको सेवापछि डा. केसी गएको महिना सेवानिवृत्त भएका थिए ।