६ भाद्र २०८२, शुक्रबार | Sat Aug 23 2025


महराको मुद्दामाथि आज पनि थुनछेक बहस


0
Shares

काठमाडौं । जबर्जस्ती करणी उद्योगको मुद्धा लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामाथि आज पनि थुनछेक बहस भइरहेको छ ।

जिल्ला अदालत काठमाडौंमा हिजो न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा सुरु भएको थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट चार जनाले बहस गरेका थिए ।

सरकारी वकिलहरुको बहस सकिएपछि महरा पक्षका वकिलहरुको बहस सुरु भएको थियो ।

महराको पक्षमा भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरेका थिए भने आज रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गर्ने बताइएको छ ।

गत शुक्रबार काठमाडौं जिल्ला अदालतमा बयान लिने क्रम सकिएपछि हिजो उक्त मुद्धामाथि बहस थालिएको हो ।

महराको पक्षका वकिलहरुको बहस नसकिएपछि मुद्दा हेर्दा हेर्दैमा राखिएको हो ।

महराको पक्षमा वहस गर्न ३२ जना कानुन व्यवसायीले नाम लेखाएकोमा त्यसलाई ६ जनामा सीमित गरिएको छ ।

प्रहरीले दर्ता गरेको अभियोजन पत्र अनुसार महरामाथि जबर्जस्ती करणी उद्योगको मुद्धासहितको फाइल सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालत पेश गरेको थियो ।