Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


झापालाई पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा


0
Shares

विशाल नेम्वाङ (इमेज)

झापा, कात्तिक १७ । नेपाल पुलिस क्लब झापाको बिर्तामोडमा जारी ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार डोमालाल राजवंशी रंगशालामा भएको खेलमा झापा–११ एफसीलाई २–१ गोलले हराउँदै पुलिसले अन्तिम आठमा ठाउँ बनाएको हो ।

पुलिसका लागि सुमन लामा र सौजन याख्खाले एक/एक गोल गरे । झापा–११ का कप्तान योगेश गुरुङले एक गोल फर्काए ।

खेलको ‘म्यान अफ दी म्याच’ पुलिसका सौजन याख्खा घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

जायोन स्पोर्ट्स क्लब झापाले आयोजना गरेको गोल्डकपमा नेपाल र भारतका गरी १० टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले ६ लाख २५ हजार रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिताकै उत्कृष्ट एक खेलाडीले एकथान मोटरसाइकल पाउनेछन् । विधागततर्फ उत्कृष्ट हुनेहरुले जनही १५ हजार पाउने आयोजकले जनाएको छ ।