
काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनमा समर्थन जनाएका थप १२ जना नेतालाई स्पष्टीकरण पत्र पठाउने भएको छ ।
गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोधिएका २३ जना मध्ये नेपाल र खनालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरेको थियो ।
सोही बैठकले १२ जना नेतालाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णयअनुसार बुधबार उनीहरूलाई पत्र थमाउने तयारी रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
पार्टी संस्थापन पक्षले खनाल–नेपाल पक्षधरका नेताहरूलाई धमाधम कारबाहीको शिलशिला अघि बढाएसँगै एमाले फुटको संघारमा रहेको छ । नेपाल समूहले नयाँ दल दर्ताको प्रक्रियासमेत अघि बढाइसकेको राजनीतिवृत्तमा चर्चा छ ।
प्रतिक्रिया दिनुहोस्