
तनहुँ, साउन ११ । तनहुँमा गुरुपूर्णिमा एवं व्यास अवतरण दिवस भव्यताका साथ मनाइएको छ ।
महर्षि वेदव्यासको अवतरण दिवसको अवसर तथा गुरुपूर्णिमा बाजागाजासहित शुक्रबार तनहुँमा मनाइएको हो ।
व्यास क्षेत्र मानिने शिव पाञ्चायन मन्दिरबाट बजार परिक्रमा गरी वेदव्यासको प्रतिमामा माल्यार्पण गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले व्यास क्षेत्रकोबारेमा स्वदेश तथा विदेशमा प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिएका थिए ।
चार वेद, अठार पुराण, महाभारतलगायतका ग्रन्थका लेखक मानिने वेदव्यासको अवतरण दमौलीमा भएको मानिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्