Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


लेभान्तेसँग बार्सिलोना पराजित, रियाल मड्रिडलाई रोक्यो रियाल बेटिसले


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना पराजित हुँदा रियाल मड्रिड बराबरीमा रोकिएको छ ।

गएराती भएको खेलमा बार्सिलोनालाई लेभान्तेले ३–१ ले हराएको हो । खेलमा बार्सीलोनाका लियोनल मेस्सीले ३८ औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिए ।

तर यसपछि भने घरेलु टोली लेभान्तेका होजे काम्पाना, बोर्या मेयारोल र नेमान्जा राडोयाले एक एक गोल गर्दै बार्सालाई स्तब्ध बनाए

ला लिगा फुटबलकै अर्को खेलमा रियाल मड्रिडलाई रियाल बेटिसले गोलरहित बराबरीमा रोकेको छ ।

यसैगरी भ्यालेन्सीयाले इस्पानियोललाई २–१ ले हराउँदा सेभिया र एथ्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेलेका छन् ।

गएरातीका खेलहरुपछि ला लिगा फुटबलको अंक तालिकामा ११ खेलबाट समान २२–२२ अंक जोडेका बार्सिलोना र रियाल मड्रिड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

एक खेल बढी खेलेका एथ्लेटिको मड्रिड र सेभिया तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।