१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


स्याङ्जामा कोरोनाबाट एकैदिन ६ जनाको मृत्यु


0
Shares

स्याङ्जा, जेठ १० । स्याङ्जामा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वालिङ नगरपालिकाका दुई जना, पुतलीबजार, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक/एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिकाका ४२ वर्षीया र ५४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, बिरुवा गाउँपालिकाका ३० वर्षीय पुरुष, भीरकोट नगरपालिकाका ४४ वर्षीय पुरुष, पुतलीबजार नगरपालिकाका ६७ वर्षीय पुरुषको उपचारका क्रममा फेवासिटी र मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

गल्याङ नगरपालिकाका ५५ वर्षीय पुरुषको भने थप उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ।

जिल्लामा सोमबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।