काठमाडौं, जेठ १० । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड १९ अध्यादेश कार्यान्वयनमा अवरोध गरेमा एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक जानकारी जारी गरेको सूचनामा अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरे यस्तो सजाय व्यवस्था गरेको जनाएको हो ।
मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे एक सय रुपैयाँ जरिवाना लगाइने भएको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रो लहरको कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञालाई थप एक साता लम्ब्याउने तयारी गरेको छ ।








प्रतिक्रिया दिनुहोस्