Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


तामासेक फाउण्डेशनले दियो नेपाललाई स्वस्थ्य सामाग्री


0
Shares

काठमाडौं, जेठ ९ । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाली कूटनीतिक नियोगहरू र नेपाली प्रवासीको पहलमा १३ टन भन्दा बढी स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

कोभिड १९ महामारीसँग लड्न सहयोग पुर्‍याउने उद्देश्यले करिब २५ करोड रुपैयाँ बराबरका ती सामग्री दाताहरुको तर्फबाट गोर्खा ब्रुअरीका उपनिर्देशक सुरेन्द्र सिलवालले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो ।

थप मेडिकल सामग्री पनि केहि दिनभित्रै आउने जानकारी पनि दिइएको छ ।