तरकारीको भाउमा ९८ प्रतिशतसम्म वृद्धि • Image Khabar Image Khabar


तरकारीको भाउमा ९८ प्रतिशतसम्म वृद्धि


Imagekhabar
१५ कार्तिक २०७६, शुक्रबार १९:१३

तरकारीको भाउमा ९८ प्रतिशतसम्म वृद्धि

काठमाडौं । पछिल्लो समय बजारमा हरियो तरकारीको भाउ अचाक्ली बृद्धि भएको छ ।

कालीमाटी तरकारी बजारमा १० दिनको अवधिमा नै तरकारीको भाउमा ९८ प्रतिशत सम्म वृद्धि भएको पाइएको छ ।

हरेक वर्ष चाडपर्वको समयमा तरकारी आवाश्यक मात्रामा भित्रिन नसक्दा भाउ आकासिने गरेको कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिले जनाएको छ ।

समितिका अनुसार काठमाडौंमा दैनिक ८ सय टनसम्म तरकारी खपत हुने गर्छ तर अहिले दैनिक ४ सय टन सम्म मात्रै भित्रिने गरेको छ ।

कात्तिक ५ गते र १५ गतेको तथ्याकं विश्लेषण गर्दा पनि १० दिनको अवधिमा तरकारीमा ९८ प्रतिशत सम्म मुल्य वृद्धि भएको छ

कात्तिक ५ गते ७८ रुपैँया प्रतिकेजी रहेको गोलभेँडा कात्र्तिक १५ गते सम्म आईपुग्दा मुल्यमा ९८ प्रतिशले वृद्धि भई १ सय ५५  पुगेको छ ।

यस्तै परबलमा ६८ प्रतिशले वृद्धि भई ५८ रुपैयाँ प्रतिकेजीबाट ९८ रुपैँया पुगेको छ भने सिमि ४८ रुपैयाँबाट बढेर ७८ रुपैयाँ पुगेको छ जुन ६२ प्रतिशत वृद्धि हो ।

कम मात्रामा तरकारी तथा फलफुल भित्रिदा उपत्यकामा तरकारीको भाउ आकासिएको कालीमाटी तरकारी तथा फलफुल बजार विकास समितिका निर्देशक विनय श्रेष्ठको भनाई छ । व्यापारीहरु पनि यस समयमा तरकारीको आयातमा कमी आउदा वर्षेनी तरकारीको भाउ बढ्ने गरेको बताउछन् ।

वर्षेनी हरेक चाडपर्वका समयमा तरकारीको भाउ आकासिने गरेको छ । तर सरकारले कुनै चिस्यान केन्द्र बनाएर तरकारी भण्डारण गर्ने व्यवस्था तर्फ भने ध्यान दिएको पाईदैन । 

 

 

प्रतिक्रिया दिनुहोस्