
काठमाडौं, कात्तिक १५ । शुक्रबार सुन–चाँदीको भाउमा वृद्धि भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर तोलाको ७१ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन बिहीबार तोलाको ७० हजार ५०० मा कारोबार भएको थियो । तिहारको बिदाअघि गएको शुक्रबार सुन तोलाको ७१ हजार रुपैयाँ थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले वृद्धि भएर तोलाको ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्