
चितवन, साउन ११ । नारायणगढ–मुग्लिन सडकखन्डको जलवीरेमा शुक्रबार दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर–६, जलवीरेमा दिउँसो ३ः४५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । पहिरो खसिरहेकाले पन्छाउन कति समय लाग्छ ? भन्न नसकिने उनले बताए ।
सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेकाले भित्तो काटेका ठाउँमा समय–समयमा पहिरो जाने समस्या देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्