Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


स्वीट्जरल्याण्डद्वारा नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामाग्री प्रदान


0
Shares

काठमाडौं । स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध ८० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

विशेष कार्गो बिमानबाट ल्याइएका स्वास्थ्य सामाग्री स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री ह्दयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो।

कूल तीस टन तौल बराबरको स्वास्थ्य सामग्रीमा ४० भेण्टिलेटर, अक्सीजन कन्सन्ट्रेटर, ११ लाख यापिड एण्टिजेन टेष्ट साथै १ लाख १० हजार केएन९० मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई रहेका छन् ।

स्वीटजरल्यान्डले नेपाललाई कोभिड–१९ महामारीविरुद्ध अमेरिकी डलर ८० लाख (नेपाली रुपैंया झण्डै ९४ करोड) बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको हाे ।

विशेष कार्गो बिमानमा ल्याइएका ती स्वास्थ्य सामाग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वीस राजदूत एलिजाबेथ क्यापेलारले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नु भएको हो ।