२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तिहारपछिको सेयर कारोबार ऋणात्मक


0
Shares

काठमाडौं, कात्तिक १५ । तिहारपछिको सेयर कारोबार ऋणात्मक रह्यो ।

लामो बिदापछि बिहीबार खुलेको बजार पनि ऋणात्मक रहेर थामिएको हो ।

नेप्से ३ अंकले ऋणात्मक रहेर ११ सय ४६ कायम भएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह रातो रहेसँगै नेप्से पनि ओरालो लागेको हो ।

उत्पादनमूलक, होटल, अन्य र विकास बैंक समूहबाहेक अरु समूह ऋणात्मक रहेका हुन् । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ४८ अंक र जीवनबिमा समूह पनि २८ अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीका १० लाख ६० हजार कित्ता सेयर साढे २५ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।