२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


वनबासा पुलमा चारपांग्रे सवारी–साधान सन्चालनमा रोक


0
Shares

कन्चनपुर, साउन ११ । महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल–भारत सीमास्थित वनबसा पुलमा चारपांग्रे सवारी–साधनको सन्चालनमा रोक लगाइएको छ ।

जिल्ला आपत्कालीन कार्यसन्चालन केन्द्र महेन्द्रनगरकाअनुसार महाकाली नदीको बहाव एक लाख २३ हजार क्युसेक पुगेको छ ।

नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा बढी पुगेपछि पुलमा चारपांग्रे सवारी–साधानको सन्चालनमा रोक लगाइने गरिएको छ ।

पैदलयात्री, साइकल, मोटरसाइकल सवारीका लागि भने पुल खुला रहेको छ ।

दार्चुलाको दत्तुमा महाकाली नदीको बहाव तीन मिटर ६९ सेन्टिमिटर रहेको छ ।

अझै नदीमा पानी बढ्नसक्ने सम्भावना देखिएको कार्यसन्चालन केन्द्रले जनाएको छ । ६ मिटरमाथिको बहावलाई खतरा मानिन्छ ।

डडेल्धुराको परिगाँउमा महाकाली नदीको बहाव चार मिटर ८८ सेन्टिमिटर छ । रासस