Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


प्रधानमन्त्री ओलीलाई थप ७ मन्त्रालयकाे जिम्मेवारी


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थप ७ वटा मन्त्रालय सम्हाल्नुहुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतले गैरसांसद मन्त्रीहरूलाई कुनै पनि कामकारबाही नगर्नु, गर्न नदिनु भनि अन्तरिम आदेश जारी भएपछि उनीहरूले सम्हालेका थप ७ मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री ओलीले सम्हाल्नुभएको हो ।

शुक्रबार राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञिप्त जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री स्वयंले थप ७ मन्त्रालयको जिम्मेवारी सम्हाल्ले मन्त्रिपरिषदको सिफारिस बमोजिम कार्यभार तोक्नुभएको हो ।

बिहीबार सर्वोच्चको अन्तरिम आदेशले गैरसांसद रहेका गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणिचन्द्र थापा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा तामाङलाई मन्त्री पदको कामकाम गर्न रोक लगाउने आदेश दिएको थियो ।