Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


दरबन्दी अनुसार स्वास्थ्यकर्मी पूर्ति गर्न सांसद परियारको माग


0
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य सुजाता परियारले इलाम अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मीहरूको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाउनुभएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई ज्ञापन पत्र बुझाउँदै सांसद परियारले कोभिड संक्रमणले इलामे जनतामा गम्भीर असर पुर्‍याएको भन्दै अक्सिजन लगायत अति आवश्यक उपचार सामाग्रीहरू तुरुन्त उपलब्ध गराउन माग गर्नुभएको छ ।

इलाम नगरपालिकामा रहेको इलाम अस्पतालमा व्यवस्थित सघन कक्ष, भेन्टिलेटरको अभाव भएकाले संक्रिमतहरूको उपचार गर्न समस्या भएको परियारले ज्ञापनपत्रमा उल्लेख गर्नुभएको छ ।

‘इलामवासीहरूको जीवन रक्षा र स्वास्थ्य उपचारको लागि तत्काल इलाम अस्पताललाई आवश्यक पर्ने परिक्षण किट,माक्स, सेनिटाइजर, पीपीई सेट, थर्मल गन लगायतका स्वास्थ्य सामाग्री अभाव छ,’ परियारले ज्ञापनपत्रमा उल्लेख थप लेख्नुभएको छ– ‘अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटरको तत्काल व्यवास्था गरिदिन अनुरोध गर्दछु ।’