२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नेपालीहरु शोकलाई शक्तिमा बदल्नसक्ने तागत राख्छन् : उपराष्ट्रपति


0
Shares

विजय नेपाल (इमेज)

सिन्धुपाल्चोक, कात्तिक १४ । उपराष्ट्रपति नन्दबहादुर पुनले शोकलाई शक्तिमा बदल्नसक्ने तागत नेपालीहरुमा जीवितै रहेको बताएका छन् ।

बिहीबार सिन्धुपाल्चोकको साँगाचोकमा भूकम्पपछि पुनःनिर्माण गरिएको एक विद्यालयको भवन हस्तान्तरण गर्दै उपराष्ट्रपति पुनले भूकम्पले क्षति पुर्‍याएको स्थानमा राम्रो भवन बनेकामा प्रशंसा गरे ।

‘नेपालीहरु शोकलाई शक्तिमा बदल्नसक्ने तागत राख्दछन्’–उनले भने–‘त्यसकै उदाहरण अहिले हाम्रोसामु उभिएको छ ।’

साँगाचोकगढी नगरपालिका–१२, साँगाचोकमा रहेको जनजागृति माध्यमिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा उनले भूकम्पपीडित सबै जनता अर्को दसैंसम्ममा सुरक्षित आवासमा फर्किसक्ने विश्वास व्यक्त गरे ।

नेपाल हिल्फे वाइलिङ्ग्रीस जर्मनीको सात करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण भएको ३३ कोठे पक्की भवनमा सुविधासम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशालालगायतका कोठाहरु रहेको जनाइएको छ ।