२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


मुग्लिन–पोखरा सडक चार लेनको बनाइने


0
Shares

काठमाडौं, कात्तिक १४ । एसियाली विकास बैंक (एडीबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न रु १९ करोड ५० लाख ऋण सहायता उपलब्ध गराउने भएको छ ।

विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार लेनमा रुपान्तरण गर्न सरकारले रु पाँच अर्ब ९० करोड लगानी गर्नेछ ।

एडीबीको प्रधान कार्यालय मनिलाबाट बुधबार जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो ।

भारत र बंगलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरकारुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन सजिलोमात्र नभइ ढुवानी खर्चमासमेत कमी आउने विश्वास बैंकले लिएको छ ।

८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने ८ किलोमिटर आबुखैरनी–मुग्लिनखन्ड त्यसपछि निर्माण गरिनेछ ।

एडीबीकाअनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ । रासस