Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


सर्वोच्चको ‘बेन्च’ले गरेको कुरा परम सत्य होइन, संसद विघटन बेठिक होइन– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको बेन्चले गरेको कुरा परम सत्यन नहुने बताउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको पत्रकार सम्मेलनमा उहाँले अदालतले भनेको कुरा परम सत्य नहुने बताउनुभयो ।

‘जिल्ला अदालतले कुनै समयमा दोषी ठहर गरेको व्यक्तिलाई, उच्च र सर्वोच्च अदालतले निर्दोष भनेर सावि गरेको उदाहरण पनि हामीमाझ छ,’ उहाँले भन्नुभयो, ‘तत्काल अदालतमा रहेको बेन्चलाई जे ठिक लाग्यो उसले त्यो गर्छ ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषय आहिले पनि आफूलाई बेठिक नलागेको बताउनुभयो । ‘आफूले गरेको काम मलाई बेठिक लागेको छैन,’ उहाँले भन्नुभयो, ‘अदालतले दिएका आदेशको परिणामहरू त अहिले पनि देखिराखेको छ, समयक्रमसँगै देखिँदै जाला । एक्लै बस्दा मात्रै होइन, निन्द्रामा पनि मैले गरेको काम बेठीक लागेको छैन ।’