म्याग्दीका युवा कोरोना नियन्त्रणमा खटिए « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


म्याग्दीका युवा कोरोना नियन्त्रणमा खटिए


0
Shares

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका बगरफाँटका युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरिएको छ ।

कोटखोलास्थित खोप केन्द्रको भवनमा स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भएर उपचाररत १९ जना संक्रमितले सेवा पाएका छन् । संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा कोभिड सुरक्षा र स्वास्थ्य सामग्रीहरु पनि वितरण गरिएको छ ।

हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीद्वारा प्राप्त सहयोग रकमबाट औषधी र स्वास्थ्य सुरक्षाका सामग्रीहरु खरिद गरेर गाउँमा वितरण गर्ने गरेको युवा समूहका अगुवा नारायण थापाले बताउनुभयो । अप्ठ्यारोमा परेकाहरुलाई स्वास्थ्य संस्थासम्म लैजानका लागि एम्बुलेन्सको समेत व्यवस्था गरीएको छ ।