
प्रकाश नेपाल/ईमेज
इलाम । इलामको सीमावर्ती पर्यटकीय क्षेत्र सन्दकपुरमा निर्माणाधीन भ्यु टावर भारतीय अवरोधका कारण अलपत्र परेको छ ।
प्रदेश नम्बर एकको लगानीमा निर्माण शुरु भएको भ्युटावर निर्माणमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निर्माणमा अवरोध गरेसँगै अलपत्र परेको हो ।
भारतसँग सीमा जोडिएका ठाउँमा सीमा अतिक्रमणदेखि स्थानीयलाई दुख दिने किसिमका घटनाहरु भइरहेका छन् । भारतीय सुरक्षा निकाय एसएसबी सीमाक्षेत्रमा रहेका छन् ।
एसएसबीले दशगजा क्षेत्रमा टेण्ट हालेर, हतियार राखेर बस्ने क्रम अहिले पनि चलिरहेको छ ।
देशकै पर्यटकीय गन्तव्य मानिएको इलामको सन्दकपुरमा भारतीय एसएसबीले भ्यूटावर निर्माणमा रोक लगाएको छ ।
भ्यूटावर बन्दै गरेको स्थान नेपालमै पर्ने भए पनि भारतीय पक्षले रोक लगाउने र दुख दिने गरिरहेको स्थानीयको गुनासो छ ।
इलाममा पर्ने सीमा क्षेत्रमा जम्मा १४६ वटा सीमा स्तम्भहरू रहेकामा अहिले घटेर १ सय ७ मा पुगेका छन् । मुख्य स्तम्भ १७ वटा मुख्य स्तम्भ ८३ वटा सहायक स्तम्भ र ४६ वटा साना स्तम्भ रहे पनि अहिले मुख्य १६ सहायक ७० र साना २१ वटा पुगेको सिमा प्रशासन कार्यलय इलामका शाखा अधिकृत दयाकृष्ण ढकाल बताउँछन् ।
सीमाक्षेत्रमा भएको विवाद समाधानका लागि सीमानालाई वैज्ञानिकीकरण गर्नुपर्नेा पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालको भनाइ छ ।
सन्दककपुरमा निर्माणाधीन भ्यूटावरको काममा अवरोध भएपछि अन्योलता पैदा भएको छ ।
कतिपय स्थानमा नेपाली नागरिकता र नेपाली लाल पुर्जा रहे पनि एसएसबीले बेलाबेला हतियार बोकेर नेपाली भागमा पस्ने, दशगजा क्षेत्रभित्र संरचना बनाउने गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्