
अपडेट:
चितवन, साउन ११ । काठमाडौंबाट पोखरा जाँदै गरेको एक यात्रीबहाक बस शुक्रबार त्रिशूली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक छन् ।
जसमध्ये पाल्पाको बेगनास–कालिका गाउँपालिका बस्ने ३२ वर्षीय अर्जुन न्यौपाने, तनहुँ, भानु नगरपालिका–५ का २७ वर्षीय सुमित श्रेष्ठ, तनहुँ, भन्सारकी २७ वर्षीया कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रबिन गुरुङ र तनहुँ, केशवटारका ४० वर्षीय बाबुराम तिवारीको सनाखत भएको छ ।
एक बालक र एक महिलाको भने सनाखत हुन बाँकी छ ।
दुर्घटनामा घाइते भएका १७ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
ना६ख २५०६ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका–३, चुम्लिङटारस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो ।
विपरीत दिशाबाट आएको ना५ख ७४०९ नम्बरको ट्रकसँग ठोक्किएपछि बस सडकबाट करिब १०० मिटर तल खसेको हो ।
बसमा करिब ३० यात्री सवार रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्