
बागलुङ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा.विनोद बिन्दु शर्माले दिएको जानकारी अनुसार अनुसार बागलुङका ४, मुस्ताङ, कास्की, नवलपरासी पूर्व र तनहुँका २/२ तथा स्याङजा, गुल्मी र पर्वतका १/१ जना संक्रमितको मृत्यु भएको हो ।
बागलुङको बागलुङ नगरपालिका ७ का ५४ वर्षीय पुरुष, ताराखोला गाउँपालिका-१ का २९ वर्षीय पुरुष, गलकोट नगरपालिका-१ का ७८ वर्षीय पुरुष र काठेखोला गाउँपालिका-८ का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका-४ की ८५ वर्षीया महिला र घरपझोङ गाउँपालिका-३ का ५५ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका -१४ का ७२ वर्षीय पुरुषको आइतबार र पोखरा महानगरपालिका-१३ का ४६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको निर्देशक शर्माले बताउनुभयो ।
नवलपरासी पूर्वको विनयी–त्रिवेणी गाउँपालिका -२ की ४४ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो भने कावासोती नगरपालिका -११ का ४२ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
तनहुँको देवघाट की ६८ वर्षीया महिला र व्यास नगरपालिका नगरपालिका-३ की ६० वर्षीया महिलाको सोमबार मृत्यु भएको हो ।
स्याङजाको वालिङ नगरपालिका -९ की ७२ वर्षीया महिला, गुल्मीको चन्द्रकोट गाउँपालिका -७ का ३६ वर्षीय पुरुषको सोमबार मृत्यु भएको हो ।
पर्वतको जलजला गाउँपालिका -४ का २८ वर्षीय युवकको सोमबार मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२२ पुगेको छ ।
पछिल्लो समय गण्डकीमा संक्रमणको र मृत्यु हुने दर बढि रहेको छ ।
प्रतिक्रिया दिनुहोस्