रमाइलो बाग्लुङको सिग्दी होमस्टे, पर्यटक झुम्मिए • Image Khabar Image Khabar


रमाइलो बाग्लुङको सिग्दी होमस्टे, पर्यटक झुम्मिए


Imagekhabar
१३ कार्तिक २०७६, बुधबार ०९:३४

रमाइलो बाग्लुङको सिग्दी होमस्टे, पर्यटक झुम्मिए

-डम्बर बुढामगर/ईमेज

बाग्लुङ । बागलुङको बरेङ गाउँपालिकास्थित सिग्दी होमस्टे पर्यटकीय आकर्षणका रुपमा विकास हुँदै गएको छ ।

गाउँपालकाको वडा नम्बर २ का स्थानीयको सक्रियतामा सञ्चालित होमस्टे शान्त, मनोरम र पारिवारिक वातावरणका कारण धेरैको रोजाइमा पर्दै गएको हो ।

गत जेठ महिनादेखि सञ्चालित बागलुङको बरेङ गाउँपालिकास्थित सिग्दी होमस्टे पर्यटकका लागि आकर्षणस्थल बन्दै गएको छ ।

गाउँले जीवनशैली, सेवा सत्कार तथा कला संस्कृतिको झलक यहाँ पाउन सकिन्छ । सञ्चालनमा यति छोटो समयमै स्टेमामा आन्तरिक पर्यटकहरुको आवागमन उत्साहजनक रुपमा भइरहेको छ ।

होमस्टेले ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पर्‍याएको छ भने बरेङ गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यको समेत उजागर भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष हिरा पुनको भनाइ छ ।

बरेङ गाउँपालिकामा आउने विशिष्ट व्यक्तिहरु पनि बसोबासका लागि यहीँ आउन थालेका छन् । सिग्दी गाउँको ५ घरमा सञ्चालित होमेस्टेमा दैनिक ३० भन्दा बढी पाहुना राख्ने क्षमता छ ।

पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक कला, संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर यस होमस्टेका आकर्षण हुन् ।

यहाँ आउने पाहुनाहरुलाई मौसमअनुसारका स्थानीय परिकारहरु खुवाउने गरिएको छ ।

गाउँमा होमस्टे सञ्चालनमा आएपछि स्थानीयको आर्थिक स्थितिमा सुधार आएको अर्का सञ्चालक मोहन पुन बताउँछन् । 

होम स्टेले बरेङ गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य मानिने कौडेको धूरीलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

होम स्टेबाट करिब डेढ घण्टाको पैदल दुरीमा रहेको यस ठाउँबाट अन्नपूर्ण, माछापुच्छ«े, धैलागिरी लगायतका दर्जन बढी हिमश्रृङ्खलाहरुको अवलोक गर्न सकिन्छ ।

होमस्टे बरेङ गाउँपालिकाको १० लाख रुपैयाँ र स्थानीयको ७ लाख रुपैयाँ गरी १७ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको हो । 

प्रतिक्रिया दिनुहोस्