Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


आर्थिक बर्षको दुई महिनामा कर्जा प्रवाहमा वृद्धि


0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजानिक वर्तमान आर्थिक तथा वित्तिय स्थिती अनुसार अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ प्रतिशतले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २० प्रतिशतले बढेको छ ।

२०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

गत वर्ष सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३.१ प्रतिशत र १४.३ प्रतिशत थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले बढेको जनाइएको छ । 

 

 

Skip This