२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तिहारका लागि मात्रै ५० करोड बढीको फलफूल आयात


0
Shares

काठमाडौं । तिहारको लागी मात्रै ५० करोड बढीको फलफूल आयात भएको छ । गत वर्षको तुलनामा यस वर्ष फलफूल बढी आयात भएको फलफूलतथा थोक विक्री केन्द्रले जनाएको छ ।

नरिवल, स्याऊ, केरा, जुनार, सुन्तलालगायतका फलफूलहरु भारत, चीन, पाकिस्तान, दक्षिण अफ्रिकालगायत मुलुकबाट आयात हुने गरेको भन्सार विभागको तथ्याकं छ ।

यस अवधिमा करिब १ करोडको मात्रै नरिवल आयात भएको छ ।

सबैभन्द बढी २० करोडको स्याउ चीनबाट आयात भएको छ भने भारतबाट पनि करिब २ करोड स्याउ आयात भएको नेपाल फलफूलथोक व्यवसाय संघले जनाएको छ ।

सुन्तला ५ करोडको आयात भएको छ । यस्तै भारतसहित अन्य मुलुकबाट ५ करोड बढिको जुनार आयात भएको संघका अध्यक्ष अमर बानियाँले बताए ।

विविध कारणले स्वदेशी उत्पादनले बजार लिन नसक्दा र प्रबद्र्धन गर्न नसक्दा फलफूलको आयात वर्षेनी बढ्दो क्रममा छ ।