
मुस्ताङ, साउन ११ । मुस्ताङको निर्माणाधीन लुप्रा पान्डाखोला मोटरेबल पुल माथिबाट सवारी साधन वारपार गर्न दिइएको छ ।
उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने महत्वपूर्ण मानिएको उक्त पुलको निर्माण कार्य थाँती राख्दै सवारी वारपार गर्न दिइएको कालिगण्डकी करिडोर जोमसोम कार्यालयले जनाएको छ ।
खोलाको बहाव बढेपछि पुलबाट सवारी साधन आवतजावत गर्न दिइएको हो ।
२०६९ सालमा लोकप्रिय शंकरमाली जेभीले निर्माणको जिम्मा लिएको उक्त पुल ठेकेदारको चरम ढिलासुस्तीका कारण लामो समयसम्म सम्पन्न हुन सकेको थिएन ।
पछिल्लो समय स्थानीय प्रशासनको दबाबका कारण पुलको काममा ९५ प्रतिशत प्रगति भएको छ ।
लुप्रापान्डा खोलामा मोटरेबलपुल नहुँदा आन्तरिक तथा बाह्य पर्यटक तथा स्थानीयले सास्ती व्यहोर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्