Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


अस्पताल ३ दिनभित्र बन्द गर्न निर्देशन


0
Shares

कपिलवस्तु, जेठ २ । कपिलवस्तुको चन्द्रौटामा रहेको जस्मिन हस्पिटल तीन दिनभित्र बन्द गर्न शिवराज नगरपालिका चन्द्रौटाले निर्देशन दिएको छ ।

हस्पिटलले विरामी सेवाग्राहीबाट बढी रकम असुली गरेको भन्ने गुनासो आएपछि सरोकारवाला निकायले अनुगमन गर्दा केही कागजात नभएको भन्दै हस्पिटल बन्द गर्न निर्देशन दिएको शिवराज नगरपालिकाले जनाएको छ ।

इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माको नेतृत्वमा अनुगमन टोलीले आइतबार हस्पिटलको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा एन.एम.सी नम्बर नभएको, मुल्यसुचि नराखेको, खरिद बिल खरिद खाता नराखेको, विक्री बिल जारी नगरेको, म्याद गुज्रिएको औषधि बिक्री भएको, अत्यधिक बढी मुल्यमा औषधि विक्री गरेकोलगायतका कार्य गरेको पाइएकोले हस्पिटल बन्द गर्न निर्देशन दिएको बताइएको छ ।

हस्पिटलमा तीन जना विरामी भर्ना रहेकोले तीन दिनभित्र डिस्चार्ज गरि बन्द गर्न निर्देशन दिइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख नेत्र प्रसाद शर्माले जानकारी दिनुभयो ।