२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फूलखेतीले लियो बजार


0
Shares

सीता पाण्डेय (इमेज)

पाल्पा, कात्तिक १० । पाल्पाको रामपुर क्षेत्रमै पहिलोपटक सुरु भएको व्यावसायिक फूलखेतीले बजार लिएको छ । सयपत्री र मखमलीले राम्रो बजार पाएका छन् ।

दसैं, तिहारलगायतका पर्वलाई मध्यनजर गर्दै रामपुर–४, देवीस्थानका दिलबहादुर थापा र उद्यमी महिला सहकारीले यसै वर्षदेखि व्यावसायिकरुपमै फूलखेती सुरु गरेका हुन् ।

उनीहरुको बगैंचामा सयपत्री र मखमलीले ढपक्कै ढाकेका छन् ।

लामो समय वैदेशिक रोजगारी गरेर फर्किएका दिलबहादुर तरकारी खेतीमा रमाउँदै आएका थिए ।

प्रदेश नम्बर–५ ले प्रदान गरेको सात दिनको तालिमसँगै उनले व्यावसायिक तरकारी खेतीलाई निरन्तरता दिँदै झन्डै दुई रोपनी क्षेत्रफलमा मखमली र सयपत्री लगाएका थिए ।

फूल राम्ररी फक्रन नपाउँदै फूल र मालाको माग आउन थालेपछि उनी दंग छन् ।

उद्यमी महिला सहकारीका महिला दिदी–बहिनीहरुमा पनि फूलको मागले उत्साह थपेको छ ।

कृषि शाखामार्फत् प्राविधिक सहयोग गर्दै आएको रामपुर नगरपालिकाले पनि व्यावसायिक फूलखेतीलाई गौरवकोरुपमा लिएको छ ।