
काठमाडौं, साउन ११ । डा. गोविन्द केसीको समर्थनमा ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका देशभरका चिकित्सक आजबाट नियमित काममा फर्किएका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डा.केसी र सरकारबीच बिहीबार बेलुका सहमति भएपछि शुक्रबारेदेखि चिकित्सकहरू आ–आफ्नो काममा फर्किएका हुन् ।
शुक्रबार बिहानैबाट सबै स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्यकर्मी नियमित सेवामा खटिएको नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जानकारी दिए ।
नेशनल रेसिडेन्ट डक्टर्स एसोसियसनले पनि आजदेखि सबै चिकित्सक काममा फर्किएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्