दुई बर्ष वित्यो, च्याबु्रङ घर निर्माण पुरा भएन • Image Khabar Image Khabar


दुई बर्ष वित्यो, च्याबु्रङ घर निर्माण पुरा भएन


Imagekhabar
१० कार्तिक २०७६, आईतवार १०:३२

दुई बर्ष वित्यो, च्याबु्रङ घर निर्माण पुरा भएन

तेह्रथुम । तेह्रथुममा लिम्बू जातिको संस्कृति बोकेको च्याबु्रङ घर निर्माण सुरु भएको दुई बर्ष बितिसक्दा समेत पूरा हुन सकेको छैन ।

च्याबु्रङ लिम्बु समुदायको मौलिक बाजा हो । घर निमार्णका लागि थालिएको काम १० प्रतिशत पनि पूरा भएको छैन ।

निर्माण समितिले पहिलो बर्ष छथर गाउँपालिकाले आर्थिक बर्ष २०७४/७५ मा २० लाख छुट्याए पनि समय अभाब भएको भन्दै तीन लाख मात्रै खर्च गरेको थियो ।

पहिलो बर्ष घर निमार्णका लागी घडेरी सम्याउँदै बित्यो । दोस्रो बर्ष भवन निमार्णका लागी डिपीसी गरी पिल्लर ठड्याउनमै समितिले समय बिताएको छ ।

लिम्बु जातीको जन्मदेखी मृत्य सम्म जोडिएको मौलिक बाजाको आकारको घर निमार्णले गति लिन नसकेको हो ।

पर्यटन बिकास गर्ने उदेश्यका साथ स्थानीय सरकारले बार्षिक रुपमा बजेट बिनियोजन गर्दै आए पनि उपभोक्ता समितिले खर्च गर्न नसकेको छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिए ।

च्याबु्रङकै धुनमा घण्टैपिच्छे बज्ने घडी जडित च्याब्रुङ घर  निमार्णका लागी स्थानीय सरकार गठन भए लगत्तै बजेट बिनियोजन गरी निमार्ण कार्य सुरु भएको थियो ।  च्याब्रुङ घरभित्र बेग्लै संग्रहालयसमेत हुनेछ ।

त्यसमा लिम्बू जातिभित्रका अनेक थरले चाडबाडमा प्रयोग गर्दै आएका सामान, जन्म, मृत्यु र विवाह संस्कार लगायत झल्कने सामान संकलन गरी राखिनेछ ।

घरलाई जातीय संग्रहालयका रूपमा विकास गरी इतिहास, धर्म,संस्कार, संस्कृति र पहिचानसँग जोडिएका पुस्तक समेत राख्ने गरी पूर्वाधार निर्माण थालिएको हो ।  

प्रतिक्रिया दिनुहोस्