२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


सर्पदंशको उपचारमा समस्या (भिडियो)


0
Shares

प्रकाश मैनाली

सर्लाही, साउन ११ । सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतको नवलपुरमा सर्पदंशको उपचारमा समस्या देखिएको छ ।

उपचार केन्द्रमा भेन्टिलेटर, दक्ष जनशक्ति र आइसीयूको अभावमा उपचार प्रभावित बनेको हो ।

पछिल्लो समय बाढी र डुबानका कारण तराई क्षेत्रमा सर्पको बिगबिगी बढ्दै गएको छ । विशालु सर्पको टोकाइबाट समयमा उपचार नपाउँदा धेरैको मृत्यु हुने गर्दछ  । तर लालबन्दी नगरपालिका–१, नवलपुरमा सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर नहुँदा गम्भीर अवस्थामा उपचार गर्न ल्याइएका सर्पदंशका बिरामी अन्यत्र रेफर हुँदै आएका छन् ।

भेन्टिलेटर र आइसियु नहुँदा उपचार केन्द्र सञ्चालनमा समस्या भएको केन्द्रका अध्यक्ष बोधराज काफ्लेले बताए ।

केन्द्रमा हाल तीनजना प्राविधिक छन् । उनीहरुले नै आलोपालो गरेर बिरामीको उपचार गर्दै आएका केन्द्रले जनाएको छ ।

सर्पको बिगबिगीका कारण दैनिक ४–५ जना बिरामी उपचारका लागि आइरहेका उपचार केन्द्रका इन्चार्ज एवं प्राविधिक माधव प्रसाद थपलियाले जानकारी दिए ।

उपचारमा समस्या भएको गुनासो भइरहेका बेला लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले सर्पदंश उपचार केन्द्र सञ्चालनलाई नगरपालिकाले गम्भीर रुपमा लिएको बताए । उपचार केन्द्रलाई भेन्टिलेटर र आइसियू खरिदका लागि यो वर्ष प्रदेश सरकारसँग पहल गरेर ३० लाख रुपैँया बजेट विनियोजना गराइएको र बाँकी अपुग रकम नगरपालिकाले खर्च गर्ने मेयर खड्काको भनाइ छ ।

नवलपुरमा समुदाय स्तरबाट, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा र जिल्ला अस्पताल मलंगवामा सरकारी स्तरबाट सर्पदंशका बिरामीको उपचार व्यवस्था गरिएको हो । सर्पले टोक्दा समवेदनशील भएर समयमै उपचार नगराए तत्काल मृत्यु हुने जोखिम रहेकोले यस पक्षमा सबैले ध्यान पुर्‍याउनुपर्छ ।

भिडियो हेर्नुहोस्