२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पाल्पाली झिनिया रोटी आम्दानीको माध्यम बन्दै


0
Shares

सीता पाण्डेय (इमेज)

पाल्पा, कात्तिक ९ । तिहारलाई रोटी, मिठाइको पर्वकारुपमा पनि लिने गरिन्छ ।

यही पर्वलाई लक्षित गरेर पाल्पाको ग्रामीण क्षेत्रदेखि सहरसम्मका व्यक्तिहरुले झिनिया रोटी बनाएर बिक्री गर्ने परम्परागत पेसा तथा व्यवसायसमेत बनेको छ ।

नेवार समुदायको पूजाआजामा अनिवार्यजस्तो भएता पनि पछिल्लो समय सबै सम्प्रदाय तथा समुदायमा यस प्रकारको रोटी अनिवार्यजस्तो हुँदा व्यवसाय फस्टाउँदै गएको छ ।

वार्षिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको यस व्यवसायमा १५० भन्दा बढीले व्यावसायिक उत्पादन गर्दै आएका छन् ।

तानसेनका उद्यमी विकास नापित यस व्यवसायमा व्यवासायिकरुपमा सफलता प्राप्त गर्न सकिने बताउँछन् ।

रोटी बनाउने परम्परागत व्यवसाय भएको र त्यसबाट प्राप्त आम्दानीले घर खर्च चलाउँदै आएको व्यवासायी तथा उद्यमी विमला शाक्य बताउँछिन् ।

कम लगानी बढी आम्दानी हुने भएकाले यस व्यवसायमा आवद्ध हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।