
उपेन्द्र खनाल (इमेज)
तनहुँ, कात्तिक ९ । तनहुँको दमौलीमा झिलिंगाको माग बढ्न थालेको छ ।
विशेषगरी तिहारको बेला दिदी–बहिनीले दाजु–भाइलाइ प्रसादकोरुपमा दिने भएकाले पनि यसको माग बढेको हो ।
माग बढ्दा झिलिंगा नै पुर्याउन कठिन भएको व्यवसायी बताउँछन् ।
झिलिंगा बनाउन थालेका महिलाहरुलाई यतिखेर बिक्री र झिलिंगा ‘प्याकिङ’ गर्ने चटारो छ ।
दसैंमा एक लाख रुपैयाँको झिलिंगा बिक्री गरेको स्थानीय मीना रानाभाटले बताइन् ।
माग बढेसँगै झिलिंगा प्याक गरी ‘स्टोर’ गर्न थालेको व्यवसायी बताउँछन् ।
यतिखेर कसैले झिलिंगा प्याक गर्ने गरेका छन् भने कोही चाङ लगाएर राख्ने गरेका छन् ।
झिलिंगा सुकाउने ठाउँकोसमेत अभाव भएपछि कालोपत्र सडकको छेउमा जालीमा राखेरसमेत सुकाइने गरेको छ ।
फुर्सदको समय सदुपयोग गर्न झिलिंगा उत्पादनमा लागेको स्थानीय शान्ता श्रेष्ठले बताइन् ।
झिलिंगा खरिद गर्न स्थानीयसहित धादिङलगायतका स्थानबाटसमेत व्यापारी आउने गरेको व्यवसायी विद्या श्रेष्ठले बताइन् ।
आत्मनिर्भर बन्ने उद्देश्यले दमौलीका महिला व्यावसायिक बन्दै गएका छन् । समयको सदुपयोगसँगै आम्दानीको स्रोतसमेत बढेपछि उनीहरु थप उत्साहित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्