
धनकुटा, साउन ११ । धनकुटामा सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् ।
जिल्ला अदालतले गरेको कार्यक्रममा मुख्य न्यायाधीश विनोदकुमार पोखरेलले श्रीमानबाट अंश नलिई सम्बन्ध विच्छेद गर्ने महिलाहरुको संख्यासमेत धेरै रहेको जानकारी दिए ।
उनले अघिल्लो आर्थिक बर्षमा जिल्ला अदालत धनकुटामा परेका ४२१ वटा मुद्दामध्ये ११६ मुद्दा सम्बन्ध विच्छेदका मात्र रहेको बताए ।
सम्बन्ध विच्छेदका लागि परेका ११६ मुद्दामध्ये ९४ वटा मुद्दाको फर्छ्यौट गरिएको छ । जसमध्ये ६७ वटा मागी र २७ प्रेम विवाह गर्नेहरुले सम्बन्ध विच्छेद गरेको पाइएको छ ।
सम्बन्ध विच्छेद गर्ने २० देखि ६८ बर्ष उमेर समूहमा सबैभन्दा धेरै २० देखि २३ बर्ष उमेर समूहका छन् ।
प्रतिक्रिया दिनुहोस्