२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


बजारमा प्लास्टिकका कृतिम मालाको कारोबार बढ्यो, सयपत्री फूल लोप हुँदै


0
Shares

दैलेख । दैलेख बजारमा तिहारको चहलपहल सुरु भएसँगै विभिन्न किसिमका प्लास्टिकका फूलमालाले ढाकेको छ ।

सयपत्री र मखमलीको मालाभन्दा पनि प्लास्टिकका कृतिम मालाको कारोबार बढेको छ ।

तिहारलाई फूल बत्तिहरुको पर्व भनेर चिनिने गरेको भएपनि दैलेखमा प्रत्येक वर्ष लाखौँ रुपैंयाँको प्लास्टिकको फूल र मालाको कारोबार हुने गरेको छ ।

दैलेखमा हालसम्म पनि फूलको ब्यवसायिक खेती गरिएको छैन । अधिकांश पसलहरुमा बाह्य देशबाट आयातित प्लास्टिकका फूलमाला विक्री गर्न राखिएको छ ।

गाउँघरका करेसावारी तथा अन्य ठाउँमा ढकमक्क फुल्ने सयपत्री फूल अहिले देखिन छाडेको छ ।

कृतिम फूलको प्रयोगले तिहारको महत्वसमेत घट्दै गएको स्थानीय गुनासो गर्छन ।