 
	    काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले तत्काल सांसद पदबाट राजीनामा नदिने भएको छ ।
बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘राजीनामा दिने विषय अहिलेलाई टर्यो ।’
आफूले वैशाख २६ गते अध्यक्ष ओलीलाई पठाएको ६ बुँदे प्रस्तावमा छलफल भएको र सर्वोच्च अदालतको फैसला बमोजिम २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्याइ नयाँ ढंगले अघि बढाउने बारे छलफल भएको नेता नेपालले जानकारी दिनुभयो । उहाँले छलफल मिल्ने दिशामा अघि बढेको पनि बताउनुभयो ।
वार्तामा पार्टीभित्रको समस्यालाई सहमतिको आधारमा टुङ्ग्याउने सहमति भएको नेता नेपालले बताउनुभयो । २०७६ फागुन २८ गतेको निर्णय सच्याउने र सर्वोच्चको फैसलाअनुसार २०७५ जेठ ३ गतेको अवस्थामा फर्कनुपर्ने विषय छलफल गर्नका लागि कार्यदल बनाउने दुवै नेताबीच सहमति भएको उहाँको भनाइ छ । उहाँले आफूले राखेको विषयमा प्रधानमन्त्री सकारात्मक हुनुभएका जानकारी दिनुभयो ।
बिहीबार बिहान बसेको नेकपा एमाले स्थायी समिति बैठकले राष्टिय राजनीतिमा र पार्टीभित्र महत्व राख्ने सम्पूर्ण विषयको निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो । साथै अन्तरपार्टी एकता र सुदृढीकरणका लागि आवश्यक निर्णय गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई नै दिएको थियो । सोही बैठकले नेता नेपाल सहित ४ जना नेतामाथि लगाएको निलम्बन पनि फुकुवा गरेको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्