१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023


निर्माणाधीन पुल भत्कियो, गलत डिजाइन र गुणस्तरहीन सामग्री प्रयोग भएको आरोप


0
Shares

डडेल्धुरा, साउन ११ । डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका जोड्ने निर्माणाधीन पुल भत्किएको छ ।

करिव १६ करोड रुपैंयाको लागतमा निर्माण भइरहेको पुल गुणस्तरहीन सामग्रीको प्रयोग र गलत डिजाइनका कारण भत्किएको स्थानीयले आरोप लगाएका छन् ।

पुल भत्किएपछि स्थानीय चिन्तित बनेका छन् । स्थानीय जनप्रतिनिधिहरुले  निर्माण कार्यमा संलग्न ठेकेदार र प्राविधिकहरुलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई जोड्दै बैतडी तल्लो सोराड क्षेत्रका हजारौं जनतासँग डडेल्धुरा सदरमुकाम जोड्न पुल निर्माण गर्न लागिएको थियो ।