
डडेल्धुरा, जेठ ३१ । डडेल्धुरामा भरुवा बन्दुक र मृत रतुवासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका–३ का राजबहादुर चन्द रहेका छन् । रतुवालाई मारेर घर लैजानेक्रममा जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो ।
मृत रतुवालाई वन्यजन्तु कार्यालयमा पठाउने र दोषीलाई अनुसन्धान गरी कारबाही गर्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्