कान्ति बाल अस्पताल र उद्योग वाणिज्य महासंघबीच ‘एमओयु’ • Image Khabar Image Khabar


कान्ति बाल अस्पताल र उद्योग वाणिज्य महासंघबीच ‘एमओयु’


Imagekhabar
८ कार्तिक २०७६, शुक्रबार २१:१०

कान्ति बाल अस्पताल र उद्योग वाणिज्य महासंघबीच ‘एमओयु’

काठमाडौं, कात्तिक ८ । कान्ति बाल अस्पताल र नेपाल उद्योग वाणिज्य महासंघबीच बिरामीका लागि कुरुवा घर बनाउनका लागि ‘एमओयु’ भएको छ ।

महासंघद्वारा शुक्रबार काठमाडौंमा आयोजित क्यान्सरसम्बन्धी एक चेतनामूलक अन्तरक्रिया कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाको संयोजकत्वमा एमओयु भएको हो ।

एमओयुमा कान्ति बाल अस्पतालमा बालबालिकाको कुरुवाका लागि आवासगृह निर्माण गर्नेसम्बन्धी सम्झौता भएको हो ।

कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले क्यान्सरसम्बन्धी चेतनामूलक कार्यले गर्दा क्यान्सर न्यूनीकरण गर्न सहयोग पुगेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्