१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु


0
Shares

नवलपरासी, साउन ११ । पश्चिम नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएका मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

परासीबाट बुटवलतर्फ जाँदै गरेको लु११प ६११० नम्बरको मोटरसाईकललाई  सुनवलको ज्यामिरेमा ईन्धन बोकेको लु१ख ६७३८ नम्बरको ट्यांकरले ठक्कर दिंदा ५२ वर्षीय हेमलाल न्यौपानेको घटनास्थलमै मृत्युु भएको छ ।

ठक्कर दिने ट्यांकर प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन् ।

त्यसैगरी परासीबाट महेशपुरतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाईकललाई हरपुरमा विपरित दिशाबाट आएको अर्को भारतीय नम्बर प्लेटको मोटरसाईकलले ठक्कर दिंदा भारतीय नागरिक श्रीकान्त कुमारको मृत्यु भएको हो ।