
एजेन्सी । भारतको आन्ध्र प्रदेशमा अक्सिजन लोड गर्न ढिलाइ हुृँदा कम्तीमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आन्द्र प्रदेशको तिरुपति स्थित एक सरकारी अस्पतालको आइसियूमा उपचारत कोरोना संक्रमितको अक्सिजन लोड गर्न ढिलाई हुँदा उनीहरुको कारण मृत्यु भएको हो ।
अस्पताल श्रोतले अक्सिजन लोड गर्न पाँच मिनेट ढिला हँुदा कोरोना संक्रमितको मृत्यु भएको स्वीकार्दै मृतकका परिवारजन संग माफी मागेका छन् । यद्दपी परिवारजनले भने अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै बिरोध गरेको छ ।
अस्पतालको लापरवाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्तजनहरुले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । भारत सरकारले कोरोना महामारी नियन्त्रणका लागि पर्याप्त सिलिण्डर उपलब्ध गराउन नसकेको भन्दै उनीहरुले भारत सरकार बिरुद्ध चर्को नारा लगाएका छन् । सो अस्पतालमा आइसियू तथा अक्सिजन बेडमा झण्डै ७ सय कोरोना संक्रमितको उपचार जारी छ ।
प्रतिक्रिया दिनुहोस्