१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


नयाँ सरकार गठनको कसरतमा दलहरु, जसपा दुई कित्तामा


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु नयाँ सरकार गठनका छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार वहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठनका लागि आज छलफल गर्न लागेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो बैठक बस्ने बताइएको छ ।

बैठकमा एमालेको झलनाथ खनाल—माधव नेपाल पक्षलाई पनि आमन्त्रण गरिएको छ ।

विपक्षी दलले सरकार गठनको प्रयास थालेपनि हिजोको मत विभाजनलाई आधार मान्दा नयाँ सरकार बन्न सक्ने अवस्था देखिएको छैन् ।

बहुमतका लागि कायम सदस्य संख्याको बहुमत संख्या १ सय ३६ मत पु¥याउनुपर्ने अवस्था छ । तर मतविभाजनलाई आधार मान्दा गठबन्धनलाई अझै १२ मत आवश्यक देखिन्छ ।

संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकारको प्रधानमन्त्रीले संसद्मा ३० दिनभित्र फेरि विश्वासको मत भने लिनुपर्छ ।

नभए फेरि संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधि सभामा रहेको सबैभन्दा ठूलो दलको संसद्ीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रवाधान रहेको छ ।