१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चुहानडाँडामा एअरपोर्ट बन्न अब कसैले रोक्न सक्दैन : मन्त्री भट्टराई


0
Shares

तेह्रथुम, कात्तिक ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तेह्रथुमको चुहानडाँडामा एअरपोर्ट बन्न अब कसैले रोक्न नसक्ने बताएका छन् ।

एअरपोर्टका लागि स्थलगत अध्ययन गर्न बिहीबार चुहानडाँडा पुगेका मन्त्री भट्टराईले विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन र यो आर्थिक वर्षभित्र टेन्डर निकाल्ने कार्य हुने बताए ।

विमानस्थाल निर्माणका लागि वि.सं. २०३२, २०३५, २०६९ र २०७१ सालमा गरी पटक–पटक सम्भाव्यता अध्ययन भइसकेको छ ।

२७१ रोपनी क्षेत्रमा फैलिएको थुम्किडाँडामा १० जना स्थानीयको जग्गा रहेको छ ।