
काठमाडौं, साउन ११ । मुलुक संघीयतामा गएसँगै सरकारी कार्यालयहरु जोडिने र भंग हुने क्रममा छन् । जोडिने र छुट्ने यही क्रमलाई निउँ बनाएर सरकारले बजार अनुगमन बन्द गरेको छ ।
बजार अनुगमन गर्दै आएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग वाणिज्य विभागसँग जोडिए (मर्ज) पछि सरकारले जनशक्ति तथा अन्य विषयको अभाव देखाउँदै अनुगमन बन्द गरेको हो ।
आपूर्ति व्यवस्थापन अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भएको छ । विभावका निर्देशक दिपक पोखरेलले विभाग मर्ज भएपछि अनुगमन गर्न नसकेको जानकारी दिए । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्